Home Politics माओवादीको प्रस्तावः विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गरौं

माओवादीको प्रस्तावः विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गरौं

by Nepal Pulse
0 comments

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन्।

बुधबारको पूर्वाधार विकास समितिको बैठकमा उनले  कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको बताउँदै तीनै पक्षलाई झिकाएर छलफल गर्नुपर्ने बताएका हुन्।

‘विद्युत प्राधिकरणको एमडीसहित आवश्यक परे महालेखालाई समेत झिकाएर छलफल गर्नुपर्ने स्थिति देखियो मन्त्रीज्युको कुरा अनुसार । विद्युत प्राधिकरणको बहालवाला एमडीलाई झिकाऔँ । कुलमानजीलाई झिकाऔँ । महालेखालाई ल्याऔँ,’ उनले भने।

उनले सत्तापक्ष र प्रतिपक्षभन्दा पारदर्शीताको कुरा गर्नुपर्ने बताए।

‘हामी प्रतिपक्षको रक्षा गर्ने, सत्तापक्षले खेदो खन्ने कुराको बन्द गरौँ । विलम्ब नगरी सबैका कुरा सुनेर हामी निर्णय गरौं । कुलमानजीको गल्ती रहेछ भने नेपालको कानुनले कसैलाई छोड्ने कुरा आउँदैन,’ उनले भने।

तर राम्रो गरेको विषयलाई राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्ने सांसद सापकोटाले बताए।

Leave a Reply

You may also like

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .