280
काठमाडौं। अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।
`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले मंगलबार राजीनामा दिएका हुन् ।
सो सबन्धमा गठित जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।
तर, समितिले आफूलाई दोषी नठहराएको उनले जिकिर भने गरेका छन्। उनले राजीनामा दिदैँ भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु ।’