Home Technology अग्नि–पाँच मिसाइलकाे परीक्षणपछि भारतले भन्याे–इस्लामावादलाई झट्का लाग्यो

अग्नि–पाँच मिसाइलकाे परीक्षणपछि भारतले भन्याे–इस्लामावादलाई झट्का लाग्यो

'अग्नि ५' मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेकाे र यसले पाकिस्तानलाई झट्का दिएकाे दावी

by Nepal Pulse
0 comments

एजेन्सी । भारतले अपरेशन सिन्दूरको तीन महिना पछि पाकिस्तानलाई देखाउँदै ‘अग्नि–५’ नामकाे मिसाइल क्षेप्यास्त्र परीक्षण गरेकाे छ । याे अघिल्ला अग्नी मिसाइलभन्दा बढी क्षमतावान् भएकाे र यसलाई मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रका रूपमा लिइएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारहरूमा दावी गरिएअनुसार धेरै अन्य भारतीय क्षेप्यास्त्रहरूमा ८,००० किलोमिटरसम्मको रणनीतिक प्रतिरोध क्षमता छ, जुन सम्पूर्ण पाकिस्तानलाई लक्षित गर्न सक्षम छ।

भारतले बुधबार ओडिशाको चण्डीपुरस्थित एकीकृत परीक्षण क्षेत्रबाट ‘अग्नि ५’ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेकाे र यसले पाकिस्तानलाई झट्का दिएकाे दावी गरिएकाे छ।

अग्नि–पाँच मिसाइलकाे परीक्षणपछि भारतले भन्याे–इस्लामावादलाई झट्का लाग्यो

अग्नि पाँचौंको लक्ष्य दायरामा पाकिस्तान रहेकाे दावी गरिएकाे छ । अपरेशन सिन्दूरको साढे तीन महिना पछि, भारतले ५,००० किलोमिटरको दायरा र लगभग १,३६० किलोग्रामको अधिकतम पेलोड भएको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेपछि पाकिस्तानलाई लक्ष्य दायरा भित्र राखिएको दाबी भारतीय पक्षकाे छ। यसले टर्की र चीनलाई पनि लक्ष्य क्षेत्रमा राखेको जनाइएकाे छ।

अग्नि चौथो

अग्नि–पाँच मिसाइलकाे परीक्षणपछि भारतले भन्याे–इस्लामावादलाई झट्का लाग्यो

४,००० किलोमिटरको दायरा भएको, अग्नि-चार, भारतको आणविक निवारणको एक प्रमुख घटक हो। यो भारत भित्रका प्रक्षेपण स्थलहरूबाट चीनका साथै पाकिस्तानका धेरैजसो भागहरूमा पुग्न सक्ने जनाइएकाे छ। यो मिसाइल दुई-चरणको ठोस इन्धनयुक्त प्रणाली हो र अत्यधिक सटीक रहेकाे छ।

ब्रह्मोस
ब्रह्मोस भारत र रुसको संयुक्त लगानीमा विकसित गरिएको सुपरसोनिक क्रूज मिसाइल हो।

अग्नि–पाँच मिसाइलकाे परीक्षणपछि भारतले भन्याे–इस्लामावादलाई झट्का लाग्यो

सुरुमा यसको दायरा २९० किलोमिटर थियो, तर यसलाई जमिन र जहाजमा आधारित संस्करणहरूको लागि ८००-९०० किलोमिटर र हावामा प्रहार गरिएको संस्करणको लागि ४५०-५०० किलोमिटरसम्म विस्तार गरिएको छ। यसले पाकिस्तानभरि र दक्षिणी चीनका केही भागहरूमा प्रहार गर्न सक्ने जनाइएकाे छ। यसको उच्च गति (म्याक २.८ देखि म्याक ३.५) को रहेकाे र यसलाई रोक्न अत्यन्तै गाह्रो भएकाे जनाइएकाे छ। यो मिसाइल जमिन, समुद्र, हावा र पनडुब्बीबाट पनि प्रहार गर्न सकिने जनाइएकाे छ।

अग्नि–तीन

अग्नि–पाँच मिसाइलकाे परीक्षणपछि भारतले भन्याे–इस्लामावादलाई झट्का लाग्यो

अग्नि- तीनको दायरा ३,५०० देखि ५,००० किलोमिटर छ, जसले गर्दा यसले पाकिस्तानभरि र चीनको गहिराइमा लक्ष्यहरू प्रहार गर्न सक्छ। यो दुई-चरणको ब्यालिस्टिक मिसाइल हो जुन अत्यधिक भरपर्दो र सटीक हुन डिजाइन गरिएको जनाइएकाे छ।

अग्नि प्राइम
यो १,००० देखि २,००० किलोमिटरको दायरा भएको नयाँ पुस्ताको, क्यानिस्टरबाट प्रक्षेपित ब्यालिस्टिक मिसाइल हो। यसको दायरा अन्य अग्नि मिसाइलहरू भन्दा छोटो भए पनि, यो अत्यधिक सटीक र मोबाइल छ। यो अग्नि-१ र अग्नि-२ जस्ता पुराना मिसाइलहरूलाई प्रतिस्थापन गर्ने उद्देश्यले बनाइएको हो, र यसको दायरा सम्पूर्ण पाकिस्तानलाई समेट्न पर्याप्त रहेकाे जनाइएकाे छ ।

अग्नि–पाँच मिसाइलकाे परीक्षणपछि भारतले भन्याे–इस्लामावादलाई झट्का लाग्यो

भारतीय सञ्चारमाध्यमहरूले अग्नी–५ काे परीक्षणपछि पकिस्तानलाई ‘झण्का’ लागेकाे बताए पनि पाकिस्तानले यस विषयमा कुनै पनि पंतिक्रिया दिएकाे छैन ।

Leave a Reply

You may also like

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .