Home Top Stories मधेशका सभामुखले ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित

मधेशका सभामुखले ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित

by Nepal Pulse
0 comments

जनकपुरधाम ।  मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ५ जना सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ ।

प्रदेश सभा सचिवालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेको हो । सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरेका थिए ।

‘मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० (घ) बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुदाँ निजहरू प्रदेश सभा सदस्यहरूको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ’ राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

Leave a Reply

You may also like

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .