Home Top Stories मोरङमा जेनजी आन्दोलनका दिन तोडफोड र आगजनी गर्ने २१ जना पक्राउ

मोरङमा जेनजी आन्दोलनका दिन तोडफोड र आगजनी गर्ने २१ जना पक्राउ

by Nepal Pulse
0 comments

विराटनगर । मोरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते यो समूहले प्रहरी कार्यालय र प्रहरी बिटमा आगजनी र तोडफोड गरेको थियो । प्रहरीले अन्य अराजक समूहको पनि खोजी गरिरहेको जनाएको छ ।

तोडफोड र आगजनीमा संलग्न विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् । त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारीबाट उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास पक्राउ परेका छन् ।

पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालले जानकारी दिइन् ।

जेनजी आन्दोलनका क्रममा मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी र तोडफोड भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय र प्रहरी बिटहरूमा पनि आगजनी र तोडफोड भएको थियो । सीआरभीको भ्यानमा पनि आगजनी भएको थियो ।

Leave a Reply

You may also like

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .